Logo

पाँच दलिय गठबन्धनका कारण महिला सहभागिता शुन्य हुने चिन्ता



धरान, ९ वैशाख । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहँुचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ ।

विहीबार धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पु¥याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने बक्ताहरुले बताएमन छन् ।

कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सावित्री जोशी श्रेष्ठले संविधान मै महिलाको हक अधिकार ३३ प्रतिशत कायम गराउन सफल भए पनि राजनीतिक दल र राज्यका निकायमा संविधानमा उल्लेख भए अनुसारको महिलाको सहभागीता नभएको बताइन् । निर्णय गर्ने निकायमा महिलालाई पु¥याउन हामीले अझै संघर्ष र आन्दोलन गर्न जरुरी भएको उनले बताइन् । उनले एमाले नेतृत्वको सरकारले महिलाको नामबाट नागरिकता जार िगर्ने कानुन वर्तमान सरकारले रोक्दा महिलाको नाममा अझै पनि नागरिकता जारी नभएको बताइन् । यसका लागि पनि संघर्ष जारी राख्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी उममेयर मञ्जु भण्डारीले हाम्रो समाज पुरुषप्रधान भएकाले महिलाको हक अधिकार अझै सुनिश्चित नभएको बताइन् । धरान उपमहानगरपालिकाका मेयर र प्रशासकीय अधिकृतले लक्षित वर्गका कार्यक्रम विशेष गरि महिलाका आय आर्जन र सीपमुलक कार्यक्रमहरु कटौती गरेर विकासका योजनामा हालेर महिलामाथि ठूलो अन्याय गरेको उपमेयर भण्डारीले बताइन् । उनले प्रत्येक वडामा रहेका महिला सदस्यहरुले आवाज उठाउन पर्ने तर नउठाएको बताइन् । आफु स्थानीय तह र आफु आवद्ध पार्टी एमाले भित्र महिलाको अधिकारका लागि लडाई लडिरहेको उनले बताइन् ।

महिला सञ्जाल धरानकी अध्यक्ष तथा माओवादी केन्द्रकी नेता चेतना श्रेयङ्ले पीतृसतात्मक सोचले महिलाको अधिकार कुण्ठित भएको बताइन् । क्षमतावान महिला भए पनि महिला भएकै कारण नेतृत्वमा जान नदिने पार्टीका पुरुष नेताहरुको विरुद्ध अव महिलाहरुले अभियान चलाउन पर्ने उनले बताइन् । महिलाको हक अधिकार रक्षाका लागि पार्टी भन्दा माथि उठेर काम गर्नु पर्ने उनको भनाई थियो । उनले गठबन्धन पार्टीमा महिलाको बढि सहभागीता गराउन पार्टीमा आवाज उठाउदैं आएको बताइन् । गठबन्धन पार्टीबाट उपमेयर माओवादी केन्द्रको भागमा परेको र उपमेयरमा महिलालाई उम्मेद्वार बनाउन आफ्नो संघर्ष जार िरहने उनले बताइन् ।

कार्यक्रममा यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर पाँच दलिय गठबन्धन हुने र त्यसमा मेयर उपमेयरमा महिलाको सहभागिता शुन्य हुने खतराप्रति पनि छलफल गरिएको थियो । गठबन्धनले महिलाको अधिकार खोस्न लागेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगरपालिका न्यायपालिका सदस्य सावित्रा परियारले बताइन् ।

संविधानमा पार्टीले उम्मेद्वार बनाउदा प्रमुख वा उपप्रमुखमा एक महिला अनिर्वाय गरिएको छ । तर गठबन्धनबाट प्रमुख र उपप्रमुखमा भिन्नाभिन्नै दलको उम्मेद्वार हुँदा महिलाको प्रतिनीधित्व शुन्य हुने छ । भिन्नाभिन्न दलको उम्मेद्वार हुदा महिलालाई अनिर्वाय नहुदा महिला सहभागिता शुन्य हुने खतरा बढेको हो ।

धरान उपमहानगरपालिकाका २० वटै वडाका महिला तथा दलित महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक संघ संस्था, राजनीतिक दलहरुका महिला प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्