Logo

स्पेनसहित पाँच देशका राजदूतले लिए शपथ



काठमाडौँ, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँच जना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा.दुर्गाबहादुर सुवेदी (जापान)‚ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)‚ डा.शर्मिला पराजुली ढकाल (स्पेन)‚ मिलनराज तुलाधार (रूस) र प्रा.डा. रामस्वार्थ राय(डेनमार्क) ले शपथ लिएका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायत उच्च पदस्थ अधिकारी समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्