Logo

पाउँ पाथीभरामा चैत ८ गतेदेखि महायज्ञ



झापा, २३ फागुन । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

यही चैत्र ८ बाट १६ गतेसम्म महायज्ञ आयोजना हुन लागेको पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानव उद्धार र रक्षा शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उद्देश्यले महापुराणको आयोजना गर्न लागिएको बताइएको छ ।

चैत्र ८ गतेबाट सुरु हुने पुराणको समुद्घाटन प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्ने अध्यक्ष गिरीले बताएका छन् ।

महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट कथा प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचारप्रसार उपसमितिका संयोजक यामनाथ बरालले बताए ।

चैत ८ गते शोभा कलश यात्रा, मण्डव पुजन, पाठपरायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उद्घाटनको कार्यक्रम राखिएको प्रचारप्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्