Logo

पाउ पाथीभरामा भागवत पुराण सम्पन्न



झापा, १६ चैत । झापाको मेचीनगर-१३ चारआलीस्थित पाउ पाथीभरा धाममा भागवत पुराण सम्पन्न भएको छ ।

गत चैत ८ गतेबाट सुरु भएको पुराणमा पण्डितं शान्तिराम नेपाल प्रमुख वाचक र पण्डित पुण्यप्रसाद रिजाल उपवाचक रहेका थिए ।

पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ५० हजार जनाभन्दा बढी भक्तजनहरुको उपस्थिती रहेको पुराण आयोजक समितिले जनाएको छ ।

पाउ पाथीभरा धामका अध्यक्ष तिलकप्रसाद गिरीको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मुधुसुदन निरौला रहेका थिए ।

यसैबीच पुराण समापन समारोहको अवसर पारेर पुराण सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था, व्यक्ति, दातालगायतलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष निरौला, प्रमुख वाचक शान्तिराम नेपाल, सामाजसेवी तथा पण्डितं नारायणप्रसाद भट्टराई लगायतले आ-आफना धारणा राखेका थिए ।

उक्त पुराण समापन समारोहको सञ्चालन प्रचार-प्रसार समितिका सदस्य तथा सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्