Logo

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार



पाकिस्तान, २७ पुस । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए ।

जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो । त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभाबाट बाहिरिँदै थिए ।

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए ।

यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्