Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता



पाकिस्तान, ४ कार्तिक । चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग-एनका नेता नवाज शरीफ आज स्वदेश फर्किएका छन् ।

उनी यूएईबाट आज इस्लामाबाद पुगेका बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०१७ मा पनामा पेपर्सले गरेको गैरकानुनी लगानी र सम्पत्ति आर्जनको खुलासापछि पाकिस्तानको अदालतले शरीफलाई प्रधानमन्त्री पदबाट हटाइदिएको थियो । त्यसपछि उनी निर्वासनमा परेका थिए । उनी तेस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेकोमा तेस्रो पटक नै अदालतको आदेशबाट पदच्युत भएका थिए ।

अहिलेको सरकारसँगको मेलमिलापपछि शरीफको स्वदेश फिर्ती सहज बनेको खबरमा उल्लेख छ । पूर्व सूचना मन्त्री मरियम औरङ्गजेबले पाकिस्तानभरका नागरिक उनको प्रतीक्षामा रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्