Logo

पाकिस्तानको कराचीमा आक्रमण: तीन सुरक्षाकर्मीसहित चार जनाको मृत्यु



पाकिस्तान, ६ फागुन । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ ।

दक्षिणी सहर कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति तालिबानी समूहको आक्रमणमा परि तीन सुरक्षाकर्मी र एक नागरिकको ज्यान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका थिए । सुरक्षाकर्मीले प्रतिकार गर्दा केही घाइते भएका छन् । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिएका छन् । साथै उनले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । यो आक्रमणको तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले जिम्मा लिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्