पाकिस्तान, २० फागुन । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् ।
इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरेका थिए ।
पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो । निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए ।