Logo

पाकिस्तानद्वारा वेस्ट इन्डिजविरुद्वको सिरिज ‘क्लीन स्वीप’



काठमाडौँ, ३० जेठ । वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला पाकिस्तानले ‘क्लिन स्वीप’ गरेको छ ।

पाकिस्तानले यसअघिका दुई वटा खेल जितिसकेको थियो । गएराति भएको तेस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान ५३ रनले विजयी भयो । जितसँगै पाकिस्तानले श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।

पाकिस्तानले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभर २ बलमा २ सय १६ रन बनाउँदै अल आउट भयो । त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्