पाकिस्तान, २५ वैशाख । पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिएका छन् ।
कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव भएको भन्दै उनले आवश्यकता अनुसार आयात गर्न पञ्जाब सरकारलाई आग्रह गरेका हुन् ।
खाद्यान्न अभाव हुन नदिन आवश्यक मात्रामा आयात गर्न प्रधानमन्त्री सरिफले खाद्य सुरक्षा अधिकारीहरूलाई आग्रह गरेका समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानबाट अवैधरूपमा गहुँ अन्तै गएको तर स्वदेशमा अभाव देखिएको विवरणमा तस्करी तत्काल रोक्न पनि उनले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री सरिफले गहुँ भण्डारण गर्न उत्पादन नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तानमा यस वर्ष गहुँ अनुमानित खपत ३० दशमलव ७९ मिलियन टन हुने रिपोर्टमा उल्लेख छ ।