पाकिस्तान, १४ भदौ । पाकिस्तानमा डुङ्गा पल्टिँदा सात जनाको मृत्यु भएको छ ।
दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको मृत्यु भएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् ।
डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।