Logo

पाकिस्तानमा डेङ्गुको प्रकोप झन् बढ्यो



पाकिस्तान, १३ असोज । पाकिस्तानमा केही हप्तायता देखिएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुगेकोमा अहिले फेरी डेङ्गुको प्रकोप थप बढेको छ ।

स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको हो ।

डेङ्गुको प्रकोप बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् ।

यसअघि बाढीबाट पनि बढी क्षति पुगेको पाकिस्तानको सिन्ध प्रान्तमा डेङ्गुको पनि प्रकोप बढेको हो । सो प्रान्तमा मात्र गएको २४ घन्टायता तीन सय ८७ जना डेङगुका बिरामी भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्