Logo

पाकिस्तानमा पनि विघठित संसद ब्युँतियो

अविश्वास प्रस्तावमा मतदान हुने



काठमाडौँ, २४ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरेको संसद विघटन त्यहाँको सर्वोच्च अदालतले आज बदर गरिदिएको छ । उपसभामुखले विपक्षी दलले संसदमा दर्ता गरेको अविश्वास प्रस्ताव अप्रिल ३ तारिखमा खारेज गरेको थियो भने राष्ट्रपति मार्फत संसद विघटन गरेका थिए ।

अदालतले अप्रिल ९ तारिखका दिन संसदमा दर्ता भएको विश्वास प्रस्तावमा मतदान गराउन आदेश दिएको छ । न्यायमूर्ति इजाजुल अहसन, न्यायमूर्ति मोहम्मद अली मजहर, न्यायमूर्ति मुनीब अख्तर र जमाल खान मंडोखेलको संयुक्त इजलासले अविस्वास प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको हो ।

तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालमा २०७७ पुस ५ गते संसद विघटन गरेका थिए । ओलीले दुई दुई पटक गरेको संसद विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गरिदिएको थियो । पाकिस्तानको सर्वोच्च अदालतले पनि प्रधानमन्त्री संसद विघटन गर्ने कार्य बदर गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्