Logo

पाकिस्तानमा पाँच जना आतङ्ककारी मारिए



पाकिस्तान, २७ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा कारबाही सुुरु गरेको छ ।

‘अपरेसनका क्रममा तीव्र गोली हानाहान भएको र त्यसमा पाँच जना आतङ्ककारी मारिएका छन्,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

मारिएका आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र ठूलो परिमाणमा अन्य हतियारजन्य उपकरण पनि बरामद गरिएको पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्