Logo

पाकिस्तानमा बसमाथि ट्रक खस्दा १३ जनाको मृत्यु



पाकिस्तान, २९ साउन । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार अधिकारीहरुले बताएका छन् ।

उद्धार टोलीले शुरुमा बसबाट शव निकाल्दाँ पाँच जनाको मृत्यु भएको जनाइएको थियो । तर घाइते भएकाहरुको मृत्युपछि उक्त सङ्ख्या १३ पुगेको उद्धार अधिकारीहरूले बताएका छन् । बाँकी घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्