पाकिस्तान, २७ असोज । पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ ।
दुर्घटनामा आठ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन् । सबैलाई जामशोरो अस्पताल लगिएको छ ।
जामशोरोका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक जावेद बलोचका अनुसार बस कराँचीबाट खैरपुर नाथन शाह फर्कँदै थियो । नूरियााबाद नजिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ ।
बसमा बसेका यात्रुहरू बाढीपीडित थिए र घर फर्कने क्रममा थिए । आगलागीबाट बच्न केही यात्रुले बसबाट हाम फालेका थिए । बसमा करिब ३५ जना सवार रहेको बताइएको छ ।