Logo

पाकिस्तानमा बस दुर्घटना: १४ जनाको मृत्यु, २० जना घाइते



पाकिस्तान, ३ असार । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका रहेका छन् । सो बस संघीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्