Logo

पाकिस्तानमा बाढी: एक हजार १३६ जनाको मृत्यु



पाकिस्तान, १४ भदौ । पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने एक हजार छ सय ३४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको छ ।

बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्