Logo

पाकिस्तानमा बाढी-पहिरोका कारण थप २२ जनाको मृत्यु



काठमाडौँ, ३१ भदौ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ ।

अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ ।

घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ ।

गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्