Logo

पाकिस्तानमा बाढी र पहिरो: कम्तीमा १० जनाको मृत्यु, २६ जना घाइते



 फाइल तस्बिर

पाकिस्तान, २९ साउन । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो ।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।

त्यसैगरी उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्