Logo

पाकिस्तानमा बिजुली र ग्यासको अभाव



पाकिस्तान, २५ मंसिर । जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ ।

पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हो ।

पाकिस्तानमा गएको वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासको अत्यधिक माग बढेको छ ।

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासको अभाव भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेको नागरिकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्