Logo

पाकिस्तानमा भिषण वर्षा: ४५ जनाको मृत्यु, ११३ जना घाइते



इस्लामावाद, ११ भदौ । पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् । पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्