Logo

पाकिस्तानमा मिसाइल खसेको भारतद्वारा स्वीकार, छानविन समिति गठन



काठमाडौँ, २७ फागुन । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको कुरा भारतको रक्षा मन्त्रालयले स्वीकार गरेको छ ।

भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै बिहिबार साँझ ६ः४३ बजे खसेको थियो । पाकिस्तानले भारतको यो कदमप्रति आपत्ति प्रकट गरेको थियो । तर, भारतको रक्षा मन्त्रालयले क्षेप्यास्त्रमा भएको खराबीका कारण पाकिस्तानी भूमिमा खसेको स्वीकार गरेको छ । मन्त्रालयले यस घटनाप्रति दःख व्यक्त गर्दै उच्चस्तरीय छानविन समिति गठन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्