पाकिस्तान, ११ असोज । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ ।
विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् ।
कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् ।
बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।







