Logo

पाकिस्तानमा स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’को आयोजना



इस्लामावाद, १८ असार । पाकिस्तानमा राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ आयोजना गरिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादमा शुक्रबार आँप महोत्सवको आयोजना गरेको हो ।

स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने सिलसिलामा आँप महोत्सव आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानको कुटनीतिमा आँप कूटनीति चर्चित रहेकाले विदेश मन्त्रालयले आँप महोत्सव आयोजना गरेको उनीहरूको भनाई छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारीले आँप महोत्सवले आँपको उत्पादन र आँप कूटनीति प्रर्वद्धन गर्न सहयोग पुगेको विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानको आँप विश्वभरि नै चर्चित मानिन्छ । विदेश मन्त्री जर्दारीले पाकिस्तानको आँपको गुणस्तर, स्वाद, विविधता र उत्पादनको मात्रा बढाउन पनि महोत्सवले प्रोत्साहन गरेको दावी गरेका हुन् ।

उक्त महोत्सवमा झण्डै २०० प्रकारका आँप राखिएको थियो । ती आँप विश्वका धेरै देशमा निर्यात हुने गरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्