मेलबर्न, २७ कात्तिक । पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी-२० विश्व कप २०२२ को उपाधि जितेको छ ।
आइतवार मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको हो ।
पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि बेन स्टोक्सले नटआउट ५२ र जोस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिएका थिए ।
यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायो । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिएका थिए ।