Logo

पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य



पाकिस्तान, १३ भदौ । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट १०० रन बनाएका हुन् ।

यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो भने इफ्तिखरको पहिलो शतक हो ।

बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट तथा करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्