Logo

पाकिस्तानसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा



काठमाडौँ, २५ कात्तिक । पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रवार पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई विश्राम दिइएको छ । चेम्जोङ व्यावसायिक फुटबलका लागि भारतमा छन् ।

नेपाल र पाकिस्तानबीच दशरथ रङ्गशालामा कात्तिक ३० गते मैत्रीपूर्ण फुटबल हुँदैछ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो ।

यस्तो छ नेपाली टोली

गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आवाश लामिछाने

फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्