Logo

पाकिस्तानसँगको दोस्रो टी–२० मा वेस्ट इन्डिज २ विकेटले विजयी



काठमाडौँ, १८ साउन । पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।

पाकिस्तनले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले अन्तिम ओभरको अन्तिम बलमा आठ विकेट गुमाएर भेटायो । वेस्ट इन्डिजका गुडाकेश मोतीले २८ र कप्तान शाई होपले २१ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले तीन, सुफियान मुकीम दुई तथा साइम अयुब र शाहीन शाह अफ्रिदीले समान एक विकेट लिए ।

त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नौ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । पाकिस्तानका हसन नवाजले ४० र कप्तान सलमान आगाले ३८ रनले बनाए । वेस्ट इन्डिजका जेसन होल्डरले चार, गुडाकेश मोतीले दुई तथा अकेल होसेन, रोस्टन चेस, र शमर जोसेफले समान एक विकेट लिए ।

टी–२० शृङ्खला अन्तर्गत तेश्रो तथा अन्तिम खेल भोलि हुनेछ । वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिखदेखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्