अष्ट्रेलिया, १ पुस । पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जितेको छ ।
अष्ट्रेलियाले दिएको ४ सय ५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमै ८९ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाएका थिए ।
अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३-३ तथा नाथन लायनले दुई विकेट लिए । पहिलो पारीमा अष्ट्र्रेलियाले ४ सय ८७ रन बनाउँदा पाकिस्तानले २ सय ७१ रन मात्रै बनाएको थियो ।
दोस्रो पारीमा अष्ट्रेलियाले २ सय ३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४ सय ५० रनको लक्ष्य पाएको हो ।