पाकिस्तान, १९ भदौ । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ ।
नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा सोमबार दुर्घटना भएको थियो ।
नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।







