पाकिस्तान, २ बैशाख । पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्।
‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको राजीनामा स्वीकृत गरेको पीटीआई नेता र पूर्वमन्त्री फारुक हबिबले जानकारी दिएका छन् ।
यस सम्बन्धमा एक सूचना पनि जारी गरिएको छ। पीटीआई सांसदहरूले राजीनामा स्वीकृत गरेपछि पाकिस्तानमा आम निर्वाचन अपरिहार्य भएको उनले बताए ।
वास्तवमा पीटीआईका सांसदहरूले राजीनामा दिएपछि पाकिस्तानी संसद् विपक्षीविहीन भएको छ। सरकार ढलेपछि इमरान खानको पार्टी प्रतिपक्षी बन्न पुगेको थियो ।
पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका बाँकी सांसदहरूलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
तत्कालीन संयुक्त विपक्षी दलले उनीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमार्फत खान सत्ताच्युत भएका थिए। यद्यपि खान र उनको पार्टी पीटीआईले यो कदमलाई ‘विदेशी षड्यन्त्र’ भन्दै आएका छन् ।