Logo

पाकिस्तानी सेना र लडाकुबीचको झडपमा परी दुई जनाको मृत्यु



पाकिस्तान, १५ मंसिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

भिडन्तपछि आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भिडन्तपछि मारिएका आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मारिएका आतङ्ककारी सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्