Logo

पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो



काठमाडौं, ३१ बैशाख । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको बाटो खुलेको छ।

सर्वोच्च अदालतले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको आदेशलाई निरन्तरता नदिने फैसला गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो।

दुई पक्षको छलफलपछि डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेश दिन नपर्ने आदेश गरेसँगै केबलकार निर्माणको कानुनी अपठ्यारो हटेको हो।

यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाइ अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्