धरान, ५ असार । खानेपानीलाई मुख्य मुद्दा बनाएर निर्वाचित भएका धरान उपमहानगर प्रमुख हर्कराज राईले प्रायः श्रमदानमा भेटिने गरेका छन् । उनी खानेपानीको लागि धरानको पकुवा खोलामा शनिबार पनि श्रमदानमा व्यस्त छन् ।
प्रमुख राई खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको मुख्य समस्या खानेपानी हो । यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन । निर्वाचनमा खानेपानी मुख्य एजेण्डा बनाएका पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।