Logo

पानीमा डुबेर बालिकाको ज्यान गयो



सिन्धुली, १३ फागुन । पानीमा डुबेर सिन्धुलीमा ३१ महिनाकी बालिकाको ज्यान गएको छ ।

पानीमा डुबेर तीनपाटन गाउँपालिका-८ महाभीरडाँडा बस्ने टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खेल्ने क्रममा घरभन्दा पछाडि रहेको शौचालयमा प्रयोग गर्न राखिएको प्लास्टिकको पानी ट्याङ्कीमा बालिका डुबेको अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्