Logo

पारस खड्काले क्यानकाे बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने



काठमाडौँ, ८ भाद्र । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । बागमतीको चुनाव यही भदौ १५ गते हुँदैछ ।

यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन् । बागमती प्रदेशमा छ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्