काठमाडौँ, १५ भदौ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रवार काठमाडौँमा भएको चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् ।
पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाएका थिए ।
त्यसैगरी सङ्घको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् ।
यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।