काठमाडौँ, २७ असोज । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उम्मेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू अछाम क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उम्मेदवार बनाइएको आरोप लगाएका हुन् ।
“मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ,” उनले भने ।
आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप समेत उनले लगाएका छन् ।







