Logo

पार्टी एकताका लागि छलफल भइरहेको छ: गौतम



भैरहवा, १७ साउन । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल भइरहेको दाबी गरेका छन् ।

मंगलबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी मोर्चा बनाउने बताए ।

उनले अहिले नै एमालेसँग एकता नहुने स्पष्ट पारे । आफूसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समााजवादी)सँग पार्टी एकता र माओवादीसँग कार्यगत एकता हुन सक्ने बताएको गौतमले बताए ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले सहभागिता जनाउने बताए ।

गौतमले सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिस्टका बीचमा कुनै फरक नरहने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्