Logo

पार्टी पुनर्गठन गरौँ: भट्टराई



काठमाडौँ, ३२ असार । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी पुनर्गठनको अपिल गरेका छन् ।

डा.भट्टराईले प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी पुनर्गठनमा जुट्न अपिल गरेका हुन् । साथै उनले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतालाई गरेको कारबाही निर्णयको भर्त्सना खारेज गरेका छन् ।

पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको उनको भनाइ छ ।

भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते सम्पन्न भएको थियो । त्यस्तै उपेन्द्र यादवको अध्यक्षतामा असार २९ र ३० गते बसेको बैठकले सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्