Logo

पार्टी स्थापना दिवसको अवसरमा राप्रपा झापाले गर्यो दर्जनौंलाई सम्मान



झापा, १५ जेठ । राप्रपा झापाले पार्टीको ३४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । पार्टी स्थापनाकाल देखि महत्वपुर्ण योगदान पुर्याउदै आउनुभएका दर्जनौ अग्रज वृद्ध वृद्धालाई सो अवसरमा सम्मान गरीएको छ । कार्यक्रमका प्रमुख अतिथी पार्टीका सह महामन्त्री भरतेन्द्र कुमार मल्लीकले उहाहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानीत गर्नुभयो ।

सोही अवसरमा चैत्र २७ गते पार्टीको राजधानी केन्द्रित जनप्रदर्शनमा झापावाट सहभागी भई प्रहरी दमनमा घाईते भएकाहरुलाई पनि प्रमुख अतिथी मल्लीकले सम्मान गर्नुभयो । राप्रपा झापाका अध्यक्ष केशव कुमार ओझाको अध्यक्षतामा आयोजीत कार्यक्रममा विर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमा प्रमुख अतिथी मल्लीक, कोशी प्रदेश सभासद सविना वजगाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं पार्टीमा नव प्रवेशी सदस्य नरेन्द्र खड्का, हल्दिवारी गाउपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, सम्मानित व्यक्तित्व ओम कृष्ण सिलवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्