काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पालिका चुनावमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पालिका चुनावमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टङ्क राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।
कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै चुनावमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए । उनले छानबिन समितिमा टङ्क राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको बताए ।







