काठमाडौँ, २३ जेठ । नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयप्रति विरोध जनाएका छन् ।
नेता रावलले सामाजिक सञ्जालमार्फत अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक भएको टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो । देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’