पाल्पा, १ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।
तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जीप सडकबाट खसेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।






