Logo

पाल्पामा जीप दुर्घटना: तीन जनाको मृत्यु, ११ जना घाइते



पाल्पा, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आइतवार बेलुकी जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।

प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्