Logo

पाल्पामा जीप दुर्घटना हुँदा चार जना घाइते



पाल्पा, १८ असोज । पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंगलबार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका-३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका चालक रैनादेवी-३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ । घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्