पाल्पा, ८ चैत । पाल्पामा गएराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। लु.२ ख ४५ २ध्५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबास क्षेत्रमा सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, शीतगङ्गा नगरपालिका–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक तथा देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार दुर्घटना बेलुका झडेवाबाट रहबासतर्फ जाँदै गर्दा भएको हो। तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






