Logo

पाल्पामा बस दुर्घटना: एक जनाको ज्यान गयो, १८ घाइते



पाल्पा, १० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङको हटियाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

घटनास्थलमै ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अहिले घाइते १८ जनाको उद्धार भइरहेको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्