पाल्पा, ३ वैशाख । पाल्पामा शुक्रबार बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका-६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो ।
दुर्घटनामा गाडीका चालक छहरा-६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषित गरेको हो ।
घाइते ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।